• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

नकारात्मक टिप्पणी गर्नेलाई समिक्षाको यस्तो चेतावनी : देशमा साइबर अपराधको कानुन पनि छ भन्ने याद गनुस्

4.2K
SHARES



काठमाडौं । गायिका समिक्षा अधिकारीले केहि मान्छेले आफ्ना हरेक स्टाटसमाथि नकारात्मक टिप्पणी गर्ने गरेको भन्दै आक्रोस पोखेकी छन् ।

उनले सामाजिक कमजोरी नदेख्ने, महिलामाथिको अन्याय र विभेद नजान्ने तर एउटी नारीको चरित्रमा प्रश्न गर्ने भन्दै आक्रोस पोखेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायिका अधिकारीले आफुमाथि नकारात्मक टिप्पणी गर्नेहरुलाई देशमा साइबर अपराधको कानुन रहेको भन्दै खबरदारी गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।

आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ । ’

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ