काठमाडौँ। नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ ।
युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
प्रतिक्रिया