• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

बबरमहलमा पठाओ मोटरसाइकल दुर्घटना, कलाकार खड्का घाइते

6.3K
SHARES



काठमाडौं । फिल्म तथा टेलिभिजन कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन् । उनी सवार पठाओको मोटरसाइकल काठमाडौंको बबरमहलमा कारसँग ठोक्किएको थियो ।

दुर्घटनामा परी खड्काको शरीर र टाउकोमा चोट लागेको छ । अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए ।

‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ । बोल्न सक्ने भएकी छन् । पठाओ चालकले पनि उपचारमा सहयोग गरिरहेका रहेछन्,’ केसीले भने, ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ ।’

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ