• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्री पौडेलको निर्देशन

    1.5K
    SHARES



    काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल चाल्न आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

    अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र सङ्कलनको अन्तर ठुलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व सङ्कलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धताका लागि बैठकको आयोजना गरिएको बताउँदै सबैलाई आ-आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।

    दैनिक रूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशनसमेत पौडेलले दिएका छन् ।

    उनले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरूलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्न समेत निर्देशन दिए ।

    उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन निर्देशन दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया