• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सामाजिक सुरक्षा कोषमा २८ अर्ब भन्दा बढी रकम जम्मा

    2.4K
    SHARES



    काठमाडाैँ । सामाजिक सुरक्षा कोषमा हालसम्म दर्ता भएका ३ लाख ८० हजार श्रमिकबाट २८ अर्ब भन्दा बढी रकम सङ्कलन भएको छ ।

    कोषका अनुसार विभिन्न कार्यालय, कम्पनी र फर्ममा कार्यरत कर्मचारी र श्रमिकको नाममा २८ अर्ब ८ करोड रकम जम्मा भएको पाइएको हो ।

    कोषको तथ्याङ्क अनुसार गत असार मसान्तसम्म कोषमा १७ हजार १ सय ९२ वटा रोजगारदाता फर्म वा कम्पनीका ३ लाख ४६ हजार ७ सय ४४ जना श्रमिक दर्ता भएका थिए ।

    चालु आर्थिक वर्षको गत ५ महिनामा भने ३४ हजार नयाँ श्रमिक दर्ता भएका छन् । हालसम्ममा योगदानकर्ताहरूबाट प्राप्त ४७ हजार ५० वटा दाबीमार्फत ३ अर्ब रकम भुक्तानी भएको कोषका प्रवक्ता विवेक पन्थीले बताएका छन् ।

    यस्तै, कोषको सम्पत्ति-दायित्व समीक्षा वर्षमा ४१ दशमलव ४ प्रतिशतले बढेर गएको असार मसान्तमा ५४ अर्ब ७० करोड कायम भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया