• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    पूर्व पति र छोरीसँगको तस्बिर पोस्ट गर्दै गायिका ‘जेरी’ले यस्तो स्टाटस लेखेपछि…

    2.2K
    SHARES

    काठमाडौँ। चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिएको केही समय मात्रै भयो । करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए ।

    विवाह गरेको १४ दिनपछि नै आफूमाथि शारीरिक तथा मानसिक यातना सुरु भएको बताएकी जेरीले श्रीमान्सँग सम्बन्ध टुङ्ग्याउनुको कारण श्रीमान्को बाहिर केटी, शारीरिक तथा मानसिक हिंसा लगायत बताउँदै आएकी छन् ।

    तर अहिले भने जेरीले पूर्व श्रीमान् शंकरसँगको एक तस्बिरसहित सामाजिक संजालमा भावुक स्टाटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘तितै भएनी अतीत र सत्य नकार्न सकिँदो रहेनछ, तस्बिर पुरानै ।’ उनको यो पोष्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।

    लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम बसेको थियो । प्रेमपछि विवाह गरेका उनीहरुको मायाको चिनो एक छोरी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ