• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    दुबईमा बोल्ड पहिरनका कारण समस्यामा परिन् उर्फी जावेद

    3.5K
    SHARES

    काठमाडौँ। भारतीय टेलिशृंखला अभिनेत्री उर्फी जावेद दुबईमा समस्यामा परेकी छन् ।

    पछिल्लो समय उर्फी पहिरनको कारण चर्चामा छिन् । अतरंगी पहिरनका कारण उनको चर्चासँगै ट्रोल पनि हुने गरेको छ । बोल्ड पहिरनका कारण दुबईमा उनी समस्यामा परेकी हुन् ।

    भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार दुबईको सार्वजनिक स्थलमा बोल्ड पहिरन लगाउँदै भिडिओ सुट गरेपछि उनलाई पक्राउ गरिएको हो ।

    उनीसँग दुबईका पुलिसले सोधपुछ गरेका थिए । किनकी दुबईमा बोल्ड पहिरन लगाउँदै भिडिओ खिच्न अनुमति दिइँदैन । उनी दुबईमा आफ्ना इन्स्टाग्राम फ्यानका लागि भिडिओ खिच्न पुगेकी थिइन् ।

    ‘उनले बनाएको पहिरनमा इन्स्टाग्रामको लागि भिडिओ खिचेकी थिइन् । उनको पहिरनमा कुनै समस्या छैन तर उनले सार्वजनिक स्थलमा भिडिओ सुट गरिरहेकी थिइन्। उनलाई पुलिसले सोधपुछ गरेको छ, हेरौं के हुन्छ,’ स्रोतले भने ।

    सन् २०१६ मा ‘बडे भैयाकी दुल्हन’ बाट डेब्यु गरेकी उर्फीले चन्द्र नन्दनी, मेरी दुर्गा, बेपनहा, जीजी माँ, ए रिस्ता क्या कहलाता हे, कसौटी जिन्दगीकी जस्ता टेलिशृंखलामा काम गरेकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ