• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    कमेडियन विक्की अग्रवालले गरे श्रद्धासँग इन्गेजमेन्ट

    4.5K
    SHARES

    काठमाडौँ। टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईबीच इन्गेजमेन्ट भएको छ ।

    बिहिबार काठमाडौँमा आयोजित एक समारोहबीच विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । केही वर्षदेखि प्रेममा सम्बन्धमा रहेका दुवैले आफ्नो प्रेमलाई अझ गाढा बनाउन विवाहमा परिणत गर्न लागेका हुन् ।

    इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक विशाल भण्डारी लगायत निकट आफन्त र साथीहरूको उपस्थित रहेको थियो । विवाह कहिले भने अहिले सार्वजनिक गरिएको छैन ।

    यो जोडीले हालै कमेडी सो ‘मा कसम यहाँ दुख्छ’ मा पनि सहकार्य गरेका थिए । ‘कमेडी च्याम्पियन’ बाट यी दुईको प्रेम अंकुराएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ