• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

अमेरिकाले इमिग्रेसनबाटै फर्काइदियो गायिका आस्था राउतलाई, यस्तो छ कारण

18.4K
SHARES



काठमाडौँ। चर्चित गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ । एक संगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको हो ।

आस्था भिजिट भिाषामा अमेरिकाको कार्यक्रममा पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर प्रवेश गर्न भन्दै आस्थालाई फर्काएको हो ।

आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या रहेको गायिका आस्थाले बताएकी छन् । ‘भिजिट भिषामा यस अगाडि म पटक-पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो’, आस्थाले अगाडि भनिन्- ‘अहिले भने भिजिट भिषा हुँदैन, पफमेन्स भिषा चाहियो भनेर फर्कियो ।’ पहिले भन्दा अहिले अमेरिकाका नियम परिवर्तन भएको कारणले पनि आफूलाई फर्काएको हुन सक्ने आस्थाको धारणा रहेको छ ।

‘इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गरेर समस्या मिलाउनु समेत भनेका छन्’ आस्थाले थपिन् । गत डिसेम्बर १२ तारिकमा नेपाल फर्किएकी आस्था आफ्नो भिषाको बिषयमा अमेरिका दुतावास जान भने बाँकी रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ