• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

पुरानो भिडियो भाइरल बनेपछि निश्चलले भने: चरित्र हत्या गर्न खोजियो

5.2K
SHARES



काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबारेको एक पुरानो भिडियो अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै भिडियोलाई सेयर गरिएको छ । निश्चलले यो भिडियोको यथार्थ बाहिर ल्याउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेला आयोजित फिल्म ‘चिसो एस्ट्रे’को भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् ।

सात-आठ महिना अगाडिको भिडियोलाई अहिले भाइरल बनाइएको र साथीभाइले समेत आफूलाई यसबारे सोधखोज गर्न थालेपछि लेख्न बाध्य भएको निश्चलको भनाइ छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ