• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

गायक प्रकाश दूतराजद्वारा आत्महत्या प्रयास !

3.5K
SHARES



काठमाडौं । युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् ।

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बताएको छ ।

गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए ।

त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् ।

उनको कोठाको ढोका खुल्लै थियो र झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बाटाको हो ।

दूतराजको अवस्था अहिले सामान्य रहेको पनि स्रोतले बताएको छ । उनले आत्महत्या प्रयास गर्नुको कारण भने खुलाएका छैनन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ