• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    काठमाडौँमा श्रीमान-श्रीमतीको अनौठो ठगि धन्दा, एउटै घर एकातिर बन्धकी अर्को तिर बिक्रीका लागि बैना !

    25.5K
    SHARES



    काठमाडौँ, ४ चैत ।

    काठमाडौँमा एक जना दम्पतीले अनौठो ठगि धन्दा चलाएको खुलेको छ । उनीहरुको ठगि धन्दालाई नत कानुनले तह लगाउन सकेको छ नत समाजले नै । उनीहरुले यस्तो धन्दा अहिले मात्र हैन करिब १० बर्ष पहिलेदेखि नै चलाउँदै आएको पनि खुलासा भएको छ ।

    ठगि धन्दा सन्चालन गर्ने जोडीले एउटा घरलाई एकातिर फाइनान्समा धितो राखेर ऋण लिएका छन् भने अर्को तिर बिक्रिमा छ भन्दै केही व्यक्तिसँग बैना लिएर रकम ठगि गर्ने गरेका छन् ।

    काठमाडौँ महानगरपालिका १६ स्थित १९४३३ नम्बरको घर उक्त ठगि धन्दाको मूल खानी बनेको छ । काठमाडौँमा यस्तो ठगि धन्दा चलाउने दम्पती हुन् प्रेम कुमारी खड्गी र इश्वर खड्गी । उनीहरुले एकातिर आफ्नो घरलाई २०६४ सालमै काठमाडौँको दरबार मार्गमा रहेको युनाइटेड फाइनान्समा धितो राखेर पैसा लिए भने अर्कातिर त्यही घर बिक्रीमा छ भन्दै केही व्यक्तिसँग बैना पनि लिएका छन् ।

    कानुनीरुपमा जब घर कुनै बैंक वा फाइनान्समा राखेर ऋण लिइन्छ भने उक्त घर स्वत रोक्का हुन्छ । आफ्नो घर फाइनान्समा धितो राखिएको बारे जानकारी नै नदिएर अर्को पक्षसँग बिक्रीको लागि बैना लिनुले नै प्रेम कुरमारीको ठगि गर्ने नियत प्रष्ट हुन्छ

    उक्त जोडीको ठगि धन्दा पनि कस्तो अनौठो छ भने आफ्नो घर फाइनान्समा राखिएको जानकारी नदिएर समाजका केही व्यक्तिलाई झुक्याउदै एकतातिर घर बिक्री गर्ने भन्दै बैना लिएका छन् भने अर्को तिर सर-सापट भन्दै दर्जनौ व्यक्तिसंग लाखौ रकम लिएर समयमै फिर्ता नगरी पीडित बनाएका छन् ।

    उनीहरुको उक्त ठगि धन्दाको फन्दामा परेका केही पीडितले अदालतमा मुद्दा पनि दर्ता गरे र अदालतले पीडितका पक्षमा निर्णय पनि गर्‍यो । तर समस्या के आइलाग्यो भने जुन घर विक्रीमा भनेर बैना लिएको थियो, उक्त घर युनाइटेड फाइनान्समा धितो राखिएको हुनाले पीडितले न्याय पाएर पनि कार्वान्वयन हुन सकेन ।

    उक्त घरलाई काठमाडौँ जिल्ला अदालतबाट २ पटक रोक्का गरिएको देखिन्छ । अदालतको फैशला कार्यन्वयन हुन धितो राखिएको घरलाई फाइनान्सले लिलाम गर्नुपर्ने हुन्छ तर फाइनान्सलाई निरन्तर ब्याज आइरहेको स्रोतले बतायो । जसकारण फाइनान्सले लिलाम नगर्दा पीडितले झन् पिडा खेप्नुपरेको छ ।

    प्रेम कुमारी खड्गी काठमाडौँकै राम बहादुर खड्गीकी छोरी हुन् । उनले एकातिर फाइनान्समा भएको घर झुक्याएर बिक्रीमा छ भन्दै बैना लिने र अर्कोतिर लाखौ रकम ऋण सापट लिएर समयमै फिर्ता नगरी ठगि धन्दा सन्चालन गर्ने गरेकोबारे पीडितलाई जानकारी भएपछि उनका बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो ।

    प्रेम कुमारी खड्गीले काठमाडौँकै सर्मिला शाहीसँग २२ लाख रुपैया लिएर हालसम्म पनि तिरेकी छैनन् । शाहीले खड्की विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेर अदालतले साँवा ब्याजसहित ३० लाख ३२ हजार तिर्नुपर्ने फैशला गरेपनि तर कार्यन्वयन हुन नसकेकाे दुखेसाे संचारकेन्द्रसँग पोखिन ।

    त्यति मात्रै हैन प्रेम कुमारीले त्यही घरको बैना लिएर काठमाडौँकै श्याम श्रेष्ठ भनेर चिनिने (बिलकृष्ण श्रेष्ठ)को ३६ लाख ठगि गरेकी छन् । श्रेष्ठले हालसम्म घर पनि पाउन सकेका छैनन् भने बैना दिएको रकम पनि फिर्ता भएको छैन ।

    यस्तै ललितपुरका राजेश अग्रवाल र कालिमाटीकी नानिमायाँ भनेर चिनिने (सुमित्रा मानन्धर) पनि प्रेम कुमारीको ठगिधन्दाबाट पीडित भएको स्रोतको भनाई छ । उता  बिजय शान्ती सहकारी संस्थाको पनि २५ लाख ऋण फिर्ता नगरी ठगि गरेकाले अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको सहकारीका उपाध्यक्ष पुर्ण बज्राचार्यले जानकारी दिएका छन् ।

    अहिले पीडितहरु आफुहरुलाई जस्तै अरु कसैलाई पनि प्रेम कुमारीले ठगि गर्न नसकुन भन्ने कामना गर्न थालेका छन् । यसरी एकतातिर घर फाइनान्समा धितो राखेर अर्कोतिर विक्रीमा छ भन्दै बैना लिने गरेको खुलेपछि हामीले युनाइटेड फाइनान्समा बुझ्न खोज्दा आफ्नो तर्फबाट कुनै पनि सूचना दिन नमिल्ने युनाइटेडले जनाएको छ ।

    युनाइटेड फाइनान्सले अदालत वा प्रहरीको चिट्ठी बिना आफुले उनको घरसम्बन्धी विवरण मिडियालाई उपलब्ध गराउन नमिल्ने भन्दै सूचना लुकाउने प्रयास गरेको छ ।

    उक्त ठगि धन्दाकी मुख्य पात्र प्रेम कुमारी खड्गीसँग सम्पर्क गर्दा उनले आफुले त्यसरी घर बिक्रीमा छ भन्दै बैना लिएको स्वीकार गरेकी छन् । तर उनले आफुहरु मिलेर घर जग्गाको कारोबारमा लागेको र सहकार्यको क्रममा त्यस्तो गल्ती हुन गएको बताएकी छन् ।

    उनलेले आफुले लिएको सबै बैना पैसा फिर्ता गर्ने बताइन् । उनले संचारकेन्द्रसँग कुरा गर्दै भनिन- “मैले कसैको पैसा खाएर मर्दिन, मर्नु नै परेपनि सबैको पैसा फिर्ता गर्ने छु । उहाँहरुले पनि दुखले कमाएको पैसा हो । मैले जस्ताको त्यस्तै फिर्ता गर्ने छु, ब्यबहार मिलाउदै छु ।”

    यसरी काठमाडौँमा फिल्मी शैलीको ठगि धन्दा चल्दा राज्यको सम्बन्धित निकायले उनलाई कानुनी कठघरामा उभ्याएर पीडितलाई न्याय दिने प्रयास गरेपनि त्यो सफल हुनसकेको छैन । तर यसप्रकारका घटनाहरुको बारेमा संबन्धित निकायले अझै गम्भीर भएर सोच्न जरुरी छ । पीडितहरुका अनुसार उनले दर्जनौं व्यक्तिलाई ठगि गरेको बुझिएको छ।

    हामी यो ठगि काण्डसंग जोडिएका युनाइटेड फाइनान्स, एक अर्को सहकारी र अन्य सम्बन्धित व्यक्ति तथा सस्थासँगको मिलोमतो सम्बन्धसहितको सामाग्री अर्को अंकमा प्रकाशित गर्ने छौ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ