• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल मनोरञ्जन

    ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री

    3.9K
    SHARES

    काठमाडौं । आमिर खान स्टारर बलिउड फिल्म ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ ।

    ब्यांकटेस इन्टरटेनमेन्टले २ करोड रुपैयाँमा फिल्म किनेको हो । ‘केजीएफ : च्याप्टर २’लाई पनि ब्यांकटेसले नै १ करोड ७० लाख रुपैयाँमा खरिद गरेको थियो । ‘आरआरआर’को राइट १ करोड रुपैयाँ थियो ।

    आमिर र करिना कपुरको मुख्य भूमिका रहेको फिल्म ‘लाल सिंह चड्डा’ साउन २६ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । ‘यो फिल्मको राइट अहिलेसम्मकै उच्च हो ।

    २ करोडमा खरिद गरिएको आमिरको यो फिल्मबाट लगानी उठाउन ६ करोड रुपैयाँ कमाउनुपर्छ । ठूला स्टारका फिल्म, त्यसमा पनि महंगो मूल्य भएपछि स्वभाविक रुपमा वितरकमाथि दबाब पर्छ । किनभने कन्टेन्ट वितरकको नियन्त्रणमा हुँदैन ।

    आमिर खान प्रोडक्सन र भायकम-१८ कम्पनीले निर्माण गरेको फिल्मको बजेट १५० करोड भारु बताइएको छ । फिल्मको विश्वव्यापी वितरण चाहिं हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले गर्दैछ । टम क्रुजका सबै फिल्मको वितरण प्याराउमाउन्टले गर्दै आएको छ ।

    यो फिल्म सन् १९९४ मा रिलिज भएको टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक समेत हो । यसैबीच, करण जोहरको आगामी फिल्म ‘लाइगर’को नेपाल राइट पनि महंगो मूल्यमा प्रस्ताव भएको छ, तर कसैले पनि अहिलेसम्म खरिद गरिसकेका छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया