• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार राजनीति

    मुख्यमन्त्री शाहीपत्नी चन्दा कुमारीको ‘गोप्य’ कुरा खुलेपछि माओवादी केन्द्रभित्र खैलाबैला

    53.1K
    SHARES



    काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला सुरु भहेको छ ।

    पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी शिक्षकको नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालय जान छाडे पनि घरमै बसेर तलव खाँदै आइरहेको खुलासा भएपछि उनको चौतर्फी आलोचना भएको छ ।

    मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालु आवको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब लिइसकेकी छन् ।

    तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आइ तलब बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ ।

    ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट महेन्द्रबहादुर निर्वाचित भएपछि उनी पतिसँगै काठमाडौं बस्दै आएकी थिइन् ।

    कर्णाली प्रदेशको मुख्यमन्त्री निर्वाचितपछि नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही सुशासन, भ्रष्टाचार र जवाफदेहीताबारे भाषण गर्दै आएका छन् । उनले प्रदेशका सबै कर्मचारीलाई आफ्नो कामबाट दायाँबायाँ गर्न नदिने बताउँदै आएका छन् ।

    मुख्यमन्त्री शाहीले कर्मचारीले जनताको काम ढिलासुस्ती गरेको भन्दै सामाजिक संजाल फेसबुक नै बन्द गर्ने घोषणा पनि गरेका छन् । तर, जुन कार्यको विरोध गरेर भाषण गर्छन् त्यसबाट मुख्यमन्त्री शाही आफू मुक्त नभएको खुसाला भएको छ । मुख्यमन्त्री शाहीमा इमान्दारिता र जवाफदेहीतामा निकै कमी भएको महशुस प्रदेशबासीले गरेका छन् ।

    जानाजान होस् वा अन्जानमा होस् ! मुख्यमन्त्री शाहीले धेरै नियत र नैतिकतासँग जोडिने धेरै कार्य गरेका छन् । त्यहीमध्येको एक हो, श्रीमतीलाई बसीबसी तलब खाने व्यवस्था । मुख्यमन्त्री शाहीले श्रीमती चन्दालाई घरमै बसीबसी तलब खाने ब्यबस्था मिलाएको भन्दै अहिले कर्णालीबासीहरु उनको बिरुद्ध खनिएको छ ।

    त्यतिमात्र हैन माओवादी केन्द्रका नेताकार्यकर्ताहरुले समेत उनको व्यापक विरोध गरिरहेका छन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ