• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कलिउड मनोरञ्जन

    सुटिङ सेटमै पूजा र आकाशको सम्बन्ध छताछुल्ल

    2.8K
    SHARES

    काठमाडौं । के ब्रेकअपपछि पनि प्रेमजोडी असल साथी बन्न सक्छन् ? विदेशतिर सम्बन्धबाट अलग भइसके पनि व्यावसायिक पक्षमा भने सेलिब्रिटी एकसाथ देखिन्छन् ।

    तर पूजा शर्मा र आकाश श्रेष्ठ भने यो कुरामा अपवाद देखिए । ब्रेकअप भएको लामो समय बिते पनि यी दुई जनाबीच अहिलेसम्म हार्दिकता पलाएको देखिएन ।

    सन्दर्भ : अहिले छायांकन भइरहेको फिल्म ‘सम्झना बिर्सना’ गीतको । डिस्को हुँदै भक्तपुर दरबार स्क्वायर र सोमबार ललितपुर गोदावरीमा अन्तिम दिनको छायांकन भयो ।

    तर पूजा र आकाशबीचको सम्बन्ध सहज नहुँदा छायांकनमा कठिनाइ भएको गुनासो फिल्म निर्माताले गरेका छन् । ‘पहिलेजस्तो सहज ढंगले सट दिइरहेका छैनन् । हेर्दा सम्बन्ध साँच्चिकै बिग्रिएको भन्ने बुझिन्छ,’ निकट स्रोतले भन्यो ।

    यसैबीच ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी केही महिनादेखि प्रेममा छन् । गुपचुप प्रेम सम्बन्धमा रहेका उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए ।

    दुवैले सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेका थिएनन् । मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी जम्प गर्नेसम्म उनीहरु सँगै देखिए । अहिले भने यो जोडीले खुलेरै प्रेमलाई स्वीकारेको छ ।

    आनाले सुशान्तसँगका रोमान्टिक तस्वीरलाई इन्स्टाग्राममा सेयर गरिरहेकी छन् । हिजोको गुपचुप प्रेम अहिले सार्वजनिक रुपमै फक्रिन थालेको छ ।

    यसअघि आनाको नाम अनमोल केसी र सोनम शेर्पासँग पनि गाँसिएको थियो । दुवैसँग ब्र्रेकअपपछि आना सुशान्तसँग निकट भएकी हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ