• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    पोखरा पुगेर वास्तोलाले विप्लवलाई लगाए यस्ता आरोप

    1.1K
    SHARES


    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्बेन्द्र बास्तोलाले नेत्र बिक्रम चन्द ‘बिप्लव’मा सिद्धान्तका हिसाबले छिपछिपे ज्ञान मात्र भएकाले उनले क्रान्तिको नेतृत्व गर्न नसक्ने जिकिर गरेका छन्। हालै अलग भेला आयोजना गरेर पार्टी पुनर्गठन गरेका बास्तोलाले पहिलो पटक जिल्ला स्तरको बैठक-प्रशिक्षणमा बोल्दै यस्तो बताएका छन् ।

    पार्टी पुनर्गठन पश्चात कास्की पुगेका बास्तोलाले जिल्लाका बहुमत नेता कार्यकर्ताको सहभागीतासहित पोखराको पिएन क्याम्पसमा भएको जिल्लाको बिस्तारीत बैठक तथा प्रशिक्षण कार्यक्रममा सिद्धान्त गलत भयो भने सबै कुरा गलत हुने भन्दै छिपछिपे ज्ञानले क्रान्ति नहुने बताएका हुन् ।

    प्रशिक्षण कार्यक्रममा बास्तोलाले बिप्लवमा उग्रबामपन्थि खोल भित्रको दक्षिणपन्थि अवसरवाद देखिएको समेत बताएका छन् । यस्तै उनले विप्लवले अख्तियार गरेको एकीकृत जनक्रान्ति सारसंग्रहवादी कार्यदिशा भएको समेत आरोप लगाए । यस्तै विप्लवमा रोमान्टिजम र आत्मसुरक्षावादी साथै निशेधात्मक संसोधनवादी बिचारधारा हावी हुँदै गएको भन्दै उनीबाट क्रान्ति हुन्छ भन्नु भ्रम हुने बताएका छन् ।

    विप्लव राजनीतिक बैचारिक हिसावले मात्र नभई आर्थिक हिसाबले समेत जुझारु अर्थवादी चिन्तनबाट ग्रसित भएर क्रान्तिकारी मार्ग छोडेका कारण आफुहरुले पार्टी पुनर्निर्माण गर्नुपरेको र क्रान्तिको झण्डा उठाउनु परेको बताएका छन् ।

    साथै विप्लवले आफ्नो समर्थन नगर्ने र आलोचना गर्ने आफ्नै पार्टीका नेता कार्यकर्तालाई समेत सत्रुको नजरले हेर्ने गम्भीर प्रकारको मनोरोग पालेका कारण उनलाई नेता मानेर बस्नेहरुको समेत उनको पार्टीमा भविष्य नभएको भन्दै नेकपा (बहुमत)मा गोलबद्ध हुन आव्हान गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ