• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    विप्लवले चुनाव लडिरहेको ठाउँमा पुगेर वर्षमानले भने- लजाउनु पर्दैन, माओवादी केन्द्रमै फर्कनुस्

    3.3K
    SHARES

    रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले नेत्रविक्रम चन्द (विप्लव)लाई माओवादी केन्द्रमा फर्किन आग्रह गरेका छन् ।

    राजनीतिक उपलब्धिलाई निर्वाचनमार्फत् संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावी प्रतिस्पर्धामै फर्किएकोमा खुसी व्यक्त गर्दै पुनले आफ्नो पुरानो घर माओवादी केन्द्रमा फर्किन आग्रह गरेका हुन् ।

    ‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनु भएको थियो । अहिले सहीबाटोमा फर्कनु भएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मूलधारमा, मूल बाटोमा स्वागत छ ।’

    कतै कांग्रेस, कतै एमाले र कतै अरु दलको चुनाव चिह्न लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा समाहित हुनु प्राकृतिक र हितकर हुने बताए । उनले भने, ‘अरुका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मूलधारमा आउनुहोस्, यसमा नलजाए हुन्छ ।’

    रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेर स्थानीय तह निर्वाचनमा होमिएको छ ।माओवादी केन्द्रमा फर्किए विप्लवसहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ