• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कलिउड मनोरञ्जन

    ‘हेल्लो जिन्दगी’ को प्रचारमा सन्दीप र रविन्द्र

    4.5K
    SHARES

    शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । निर्माण युनिटले फिल्मको प्रचारप्रसारका लागि फिल्म बाहिरका कलाकार सन्दीप क्षेत्री, रविन्द्र झा, शोभित बस्नेत लगायतका कलाकारको राम्रो साथ पाएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सन्दीप, रविन्द्र र शोभितले फिल्म ‘हेल्लो जिन्दगी’ राम्रो बनेको बताए । उनीहरुले सबैलाई फिल्म हेरिदिन समेत आग्रह गरे ।

    ‘आफूले खेलेको फिल्मलाई लिएर कोही उत्साही हुँदैन भने त्यो कलाकार होइन’ सन्दीपले भने ‘हेल्लो जिन्दगी’ राम्रो बनेको होला किनभने निर्देशक एभरेष्ट सूर्य बोहोराप्रति मलाई विश्वास छ ।’ उनले फिल्म भित्रका कलाकार सबैको प्रचारमा साथ नपाए पनि दर्शकको साथ पाउने विश्वास ब्यक्त गरे ।

    त्यस्तै रविन्द्रले फिल्म राम्रो बनेको ट्रेलरबाट पनि अनुमान गर्न सकिने बताए । निर्माता समेत रहेका अभिनेता विक्रम जोशीले विदेशी फिल्मको चौतर्फी घेरिरहेको अवस्थामा फिल्म रिलिज गर्न लागिरहेको बताए । उनले फिल्मको कथावस्तु विदेशमा प्रचारमा फिल्म बाहिरका कलाकारले साथ दिएपनि फिल्मका कलाकार दीपिका प्रसाई र प्रियंका कार्कीले भने साथ दिएका छैनन् ।

    निर्देशक एभरेष्ट सुर्य बोहराले फिल्मको प्रचार–प्रसारमा दीपिका र प्रियंकाले साथ नदिएको गुनासो गरे । ‘फिल्म प्रचारका लागि साथ दिन कलाकारले फिल्ममा अभिनय गरेकै हुनुपर्ने भन्ने छैन’ बोहोराले भने ‘फिल्म भित्रका नभए पनि फिलम बाहिरका कलाकारको साथ राम्रो पाएको छु । अब दर्शकको साथ पाए पुग्छ ।’

    फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाई विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त लगायतको अभिनय छ । महारानी इन्टरटेनमेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा फिल्म निर्माण भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ