• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल मनोरञ्जन

    बस ड्राइभरका छोरा यश यसरी बने सुपरस्टार, एउटा फिल्मको लिन्छन् यति धेरै करोड

    5.2K
    SHARES

    साउथका स्टार यशको फिल्म त तपाईंले हेर्नुभएको होला । अरु फिल्म हेर्नुभएको छैन भने पनि केजीएफ त पक्कै पनि हेर्नुभएको होला । केजीएफ च्याप्टर वान बाट धमाका मच्चाएपछि यश एकपटक पुनः एक्सन एन्टरटेनरबाट धुम मच्चाउनका लागि तयार छन् । केजीएफ च्याप्टर टु अर्को महिना १४ अप्रिलमा रिलिज हुँदैछ ।

    यशको पावर प्याक्ड एक्सनले भरपुर यो इन्टेन्स ड्रामा पुनः बक्स अफिसमा धुम मच्चाउने तयारीमा छ । कन्नड फिल्म इन्डष्ट्रिका सर्वाधिक कमाउने अभिनेताको सूचीमा रहेका यशका लागि सफलता हासिल गर्नु त्यति सहज भने थिएन । सफल बन्नका लागि यशले कडा मेहेनत गरेका छन् ।

    आज हामी तपाईंलाई एक मध्ययम वर्गीय परिवारबाट आएका यशले कसरी स्टारडम हासिल गरे भन्नेबारे जानकारी लिऔँ । यशको वास्तविक नाम नविन कुमार गौडा हो । उनी आफ्नो स्टेज नेम यशबाट चर्चित छन् । कर्नाटकको हसन जिल्लामा रहेको बुभानाहल्ली गाउँमा मध्यम वर्गीय परिवारमा यशको जन्म भएको थियो, उनका पिता ढुवानी क्षेत्रमा काम गर्दथे ।

    बीएमटीसी ट्रान्सपोर्ट सर्भिसमा ड्राइभरको रुपमा काम गरे । खबरलाई विश्वास गर्ने हो भने यशका पिता अहिले पनि बस ड्राइभर हुन् जबकी उनका छोरा यति ठूला स्टार छन् । यशकी आमा गृहिणी हुन् । यशको बालापन मैसुरमा बित्यो । यस्तै उनले महाजना एजुकेसन सोसाइटीबाट प्रि युनिभर्सिटी कोर्स गरे ।

    पढाई पुरा गरेपछि यशले बेनाका ड्रामा ट्रुप जोइन गरे । यशले आफ्नो एक्टिङ करियर सन् २००५ मा टिभी सिरियल नन्दा गोकुलाबाट सुरु गरेका थिए । त्यसपछि उनी मालेबिलु ‘मुख्ता’ , ‘प्रिती इलाडा मेले’ जस्ता थुप्रै शोजमा देखिए । सुरुवातमा यशले आफ्नो पहिचान बनाउनका लागि असाध्यै संघर्ष गरे । उनी साना तिना भूमिकामा देखिने गर्दथे ।

    यशको कमर्सियल सोलो हिट फिल्म सन् २०१० मा आएको थियो । फिल्मको नाम मोडालासा थियो । त्यसपछि उनको करियर चम्किन थाल्यो । उनी फिल्म राजधानीमा देखिए, यसले पनि राम्रो रिभ्यू पायो । उनको प्रस्तुतीको पनि तारिफ भयो । यसै वर्ष उनको फिल्म किराताका आयो । यो व्यावसायिक रुपमा सफल भयो ।

    यशको हिट फिल्ममा लकी, जानुु, ड्रामा, गुगली, मिस्टर एन्ड मिसेस रामाचरी, मास्टरपिसजस्ता फिल्म समावेश छ । क्रमशः रुपमा हिट फिल्मले यशलाई स्यान्डलवुडको अत्यधिक कमाउने अभिनेता बनाइदियो । यशको भाग्यमा यति चर्चा पर्याप्त थिएन, उनले त अरु पनि सफलता पाउनु थियो ।

    त्यसपछि सन् २०१८ मा यशको फिल्म केजीएफ आयो । यो फिल्मले अत्यधिक सफलता हात पार्यो । हेर्दा हेर्दै यश पूरा देशले मनपराइएका स्टार बने । ठूलो बजेटको ठूलो फिल्म केजीएफ कन्नड सिनेमाको सबैभन्दा बढी कमाउने फिल्म बन्यो । खबरका अनुसार यश एउटा फिल्मको १५ करोड भारु पारिश्रमिक लिन्छन् ।

    यशले पूर्व कन्नड नायिका राधिका पंडितसँग विवाह गरेका छन् । लामो समयसम्म सम्बन्धमा रहेपछि उनीहरुले आफ्नो सम्बन्ध स्वीकार गरे । ९ डिसेम्बर सन् २०१६ मा उनीहरुको विवाह भयो । उनीहरुका दुई सन्तान छन् । राधिका र यश पहिलो पटक टेली सिरियल नन्दा गोकुलमा भेटेका थिए । त्यसपछि उनीहरुले डेटिङ गरे । उनीहरुले थुप्रै फिल्ममा काम पनि गरे । यशसँग विवाह गरेपछि राधिकाले अभिनयबाट ब्रेक लिएर आफ्नो नीजि जीवनलाई बढी महत्व दिने सोचिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ