• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका हुँदैन- लिङ्देन

    2.2K
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका नरहने बताएका छन्।

    शनिबार सुर्खेत विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने विषयमा पनि आफ्नो पार्टीको भूमिका नभएकाले अबका दिनमा पनि कुनै सरोकार नराख्ने बताए।

    ‘एमसिसीमा हाम्रो सहयोग यसअघि पनि थिएन, अब कार्यान्वयन गर्दा पनि कुनै भूमिका रहँदैन,’ उनले भने, ‘एमसिसीमा सत्ता गठबन्धनभित्रका केही दलहरूले गरेको भनेको व्याख्यात्मक टिप्पणी पनि लाज छोप्ने टालोजस्तो हो, यसमा हाम्रो कुनै लेनदेन छैन।’

    अध्यक्ष अबको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने दाबी गरे। उनले भने, ‘राप्रपाको शक्ति कति छ भन्ने स्थानीय चुनावमा थाह हुनेछ, भ्रष्टाचाररहित स्थानीय तह बनाउने गरी हामी चुनावलक्षित भएका छौं।’

    राप्रपाले जितेका स्थानीय तहहरूमा फरक मोडालिटी तयार गरिने उनले बताए। भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि आफ्ना पार्टीबाट जितेका जनप्रतिनिधिहरूलाई मन्दिरमा गएर भ्रष्ट्राचार नगर्ने संकल्प गराइने उनले बताए।

    अध्यक्षमा पराजित भएपछि पार्टी छोडेका कमल थापाको विषयमा लिङ्देनले भने, ‘पार्टी परित्याग गरेर राप्रपालाई क्षति हुने भन्दा पनि त्यसलाई शक्तिमा बदलेर अझ सशक्त रूपमा बलियो शक्ति बनाउन प्रेरणा जागेको छ।’

    अध्यक्ष लिङ्देनसहितका नेताहरू सुर्खेतमा आयोजना गरिने कर्णाली प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न आएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ