• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खानपिन जीवनशैली

    यसरी बनाउन सकिन्छ अस्ट्रिचको स्वादिलो ग्रेभी

    6K
    SHARES



    कोलेष्ट्रोल, ट्राइग्लिस्राइड भएका बिरामीलाई चिकित्सकहरुले रातो मासु नखान सल्लाह दिन्छन्। त्यस्ता बिरामीका लागि खसीबोका तथा च्याङ्ग्राको मासु घातक हुन्छ। तर, धेरै मानिसहरुलाई रातोमासुको स्वाद नलिएसम्म मासु खाए जस्तो अनुभव नै हुँदैन।

    त्यसैले चिकित्सकहरुले नखान सल्लाह दिँदादिँदै पनि कतिपयले अनियन्त्रित रुपमा रातो मासु खाइदिन्छन्। जसकारण कोलेष्ट्रोल, ट्राइग्लिस्राइड र यूरिक एसिड बढ्न गई ज्यान नै जोखिममा पर्न सक्छ।

    त्यसकारण रातो मासुको सामान्य बिकल्प बनेको छ अस्ट्रिच मासु। नेपालमा पनि यसको व्यवसायिक उत्पादन सुरु भइसकेको छ। यदि तपाईं पनि अस्ट्रिचको मासु खाने सोच्नुभएको छ भने यसका परिकारहरू कसरी बनाउने ? यसबाट विभिन्न परिकार बनाउन सकिन्छ। यसमध्ये ग्रेभी बनाउने तरिका यस्तो छः

    अस्ट्रिच ग्रेभी बनाउन चाहिने सामग्रीहरू : टुक्रा पारिएको अस्ट्रिच मासु, सूर्यमुखीको तेल, प्याज, गरम मसला, अदुवा, लसुनको पेस्ट, गोलभेडा, बेसार, नुन, करीपाउडर,  जिराको धुलो, हरियो धनियाँ।

    तरिकाः प्यान वा कराईमा ठिक्क मात्रामा तेल राखेर तताउनुहोस्। टुक्रा पारेको प्याजलाई हल्का खैरो हुन्जेलसम्म तेलमा तताएपछि मासु राख्नुहोस्।, प्याज र मासुलाई राम्ररी चलाएर मासुको परिमाण अनुसार ५ मिनेटसम्म भुट्नुहोस्।

    त्यसमा अदुवा र लसुनको पेस्टलाई राखेर थप दुई मिनेट पकाउनुहोस्।, त्यसपछि बेसार, करी पाउडर, जिरा र खुर्सानीको धुलो हाल्नुहोस्।, त्यसलगत्तै पिस बनाएको गोलभेडा पनि राख्नुहोस्।

    आवश्यकता अनुसार तातो पानी, स्वादअनुसारको नुन राखेर उमालेपछि प्रेसर कुकरमा राखी २/४ सिठ्ठी लागाउनुहोस्।, यसपछि अस्ट्रिच ग्रेभी तयार हुन्छ।, त्यसमा हरियो धनिया राखेर स्वाद अझै बढाउन पनि सकिन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया