• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    …त्यो त ओलीको ठगी धन्दा रहेछ- प्रचण्ड

    4.7K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली एउटा भन्ने र अर्कै गर्ने नेता भएको कटाक्ष प्रहार गरेका छन् ।  शनिबार वाईसीएल नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले ठिक विपरित कार्य गरेको आरोप लगाए ।

    केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे । भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’, उनले भने-‘ रक्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी त ।’ पार्टी एकता ओलीले प्रधानमन्त्री बन्नका लागि ठगी धन्दा मात्रै चलाएको पुष्टि भएको प्रचण्डले आरोप लगाए ।

    ‘कतिपय साथीले एकता गर्नु नै बेकार रहेछ पनि भन्नुहुन्छ, तर एकता गर्नुपर्थ्यो’, प्रचण्डले भने, ‘विधान र राजनीतिक प्रतिवेदनमा अहिलेको राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनलाई निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन् । अध्यक्ष र प्रम पालोपालो बन्ने भन्नेमा सही गरेको छ । तर प्रम प्राप्त गर्नका लागि केपीको सबै ठगी धन्दा रहेछ ।’

    गठबन्धनको बैठकमा केपीसँग एकता गरेर के पाउनुभयो भन्ने प्रश्न नेताहरुले गरेकोमा आफू नाजवाफ भएको उनले बताए । उनले भने, ‘केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान काँग्रेसलाई काम लाग्छ, माधवजीलाई पनि काम लाग्छ ।’ उनले आफूहरु घ्यूभन्दा नरम रहेको तर अत्याचार भयो भने विद्रोह गर्ने पनि आफूहरु नै भएको बताए ।

    माधवजी र मैले खाएको लड्डुको स्वाद जान नपाउँदै घनले हानियो
    प्रचण्डले प्रगितमनको खतरा अझै पनि रहेको बताएका छन् । उनले आफूहरुले जित्नै लागेका बेला प्रतिगमनले घन हान्ने गरेको बताएका छन् । शनिवार वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले प्रतिगमन पराजित भयो भनेर लड्डु खाएको तर त्यो लड्डुको स्वाद जान नपाउँदै घनले ड्याम्म हानिएको बताए ।

    पुस ५ मा तत्कालीन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालले त्यसलाई प्रतिगमन भन्दै सडक आन्दोलन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसला गरेपछि सो दिन चितवनमा रहेका प्रचण्ड र नेपालले लड्डु खाएका थिए । तर, फागुन २३ मा सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुबैजनालाई घनले हाने जस्तै भएको थियो । प्रचण्डले शनिबार सोही सन्दर्भ स्मरण गरेका हुन् ।

    शनिबार सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रचण्डले आक्रोश पोखे । उनले ओली प्रवृति भने ठग प्रवृत्ति भएको बताए । उनले ओलीको चाला ठग्ने रहेको आफूहरुले थाहा नै नपाउँदा तमसुक हेरेर बस्नुपरेको बताए । उनले भने, ‘हामी त जे गर्ने भन्यो त्यो गर्ने हौं, उहाँ त जे गर्छु भन्ने त्यो नगर्ने ठग प्रवृतिको हुनुहुँदो रहेछ । तमसुकमा सही गरियो, त्यहि हेरेर बसियो ।’ आफू तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पद् पड्काएको बताए ।

    माओवादी केन्द्र र एमालेबीच एकीकरण हुँदा आलोपालो प्रधानमन्त्री बन्ने कागज गरिए पनि ओलीले त्यसलाई कार्यान्वयन नगरेको विषयलाई प्रचण्डले शनिबार तमसुक हेरेर बसेको बताएका हुन् । ओलीसँगको संगले आफूलाई ज्ञान प्राप्त भएकोसमेत प्रचण्डले बताएका छन् । उनले ओली ठग हुन् भन्ने प्राप्त भएको बताएका हुन् । अहिलेको गठबन्धनका नेताहरुले आफूलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर प्रश्न गरेको भन्दै आफूले ज्ञान पाएँ भनेर जवाफ दिने गरेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ