• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    काइली जेनरको उपहार- ‘गुड न्यूज’ र ‘टपलेस तस्बिर’

    5.8K
    SHARES

    एजेन्सी । अमेरिकी मोडल तथा महिला व्यवसायी काइली जेनरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना दर्शक तथा ग्राहकलाई उपहार प्रस्तुत गरेकी छन् । उनले अगस्ट १० का दिन पर्ने आफ्नो २४ औँ जन्मदिनको अवसरमा शुभ समाचारसँगै टपलेस तस्बिर सार्वजनिक गरेकी हुन् ।

    उनी तस्बिरमा सुनको बिकिनी बटम्ससँगै सुनौँलो क्रिममा पोतिएकी छन् । उनको आँखाको मेकअप स्मोकी छ । गोल्ड हुप्स र फुल ब्लोआउटमा उनको सुनौलो रुप खुलेको छ । उनले तस्बिरसँगै ब्युटी ब्रान्डको पनि शुभ समाचार प्रस्तुत गरेकी छन् । उनले आफ्नो जन्मदिनमा २४,००० गोल्ड थिमवाला संग्रह लन्च गर्ने घोषणा गरेकी छन् ।

    उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘वाह ! मेरो जन्मदिन अवको ८ दिनपछि रहेको छ । मेरो २४ औँ जन्मदिनमा २४,००० गोल्डेन थिममा ब्युटी प्रोडक्ट्स लन्च हुनेछ । म यो कलेक्शन आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा सेयर गर्न सक्दिन ।’

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया