• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कला साहित्य

सामाजिक विसङ्गति !

2K
SHARES



विश्वजीत बाँस्कोटा, थर्पु, पश्चिम सिक्किम ।

मानव धर्म मर्यो,
मर्यो मानवता पनि ।
अपाङ्ग भएको नाटक गर्छन्
अपराधी मान्छेहरू पनि ।

फाइदामा कान सुन्छन्,
सहयोग माग्दा ठप्प भए पनि ।
लुट्न पछि कहिलै सर्दैनन्,
विकलाङ्ग भए पनि ।

बेसाहारालाई सहयोग गर्नु पर्दा
अन्धो हुन्छन्, आँखा देख्नेपनि ।
सत्य कुरा बोल्नु पर्दा
लाटो बन्छन्, मुख लाग्ने पनि ।

लुट्न पाए लुटि रहन्छन्
सोझा, विकलाङ्गहरूलाई पनि ।
दिनु पर्दा अपाङ्ग बन्छन्,
निर्दय मान्छे ठिकै भएपनि ।

लुट, लुट, लुटि रहनु,
विकलाङ्ग सोझाहरू भएपनि ।
पैसाको पछि भाग्दै गर
मानवता मरे पनि ।

गर्दै गर लोभ लालच घमण्ड
अन्तिम साससम्म पनि,
लान सक्दैनौं एकै रुपैयाँ
निधारमा टाँसेकै भएपनि ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ