• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    आफ्नै गाउँकी बेलमती लिएर गायक चक्र बम बम्बै टाप, भन्छन् गल्ती भए माफ (भिडियोसहित)

    24.2K
    SHARES



    काठमाडौँ ।

    पछिल्लोपटक युवायुवतीदेखी बुढाबुढीसम्मलाई सुहाउने खालका लोक तथा देउडा गीतहरु बजारमा ल्याएर निकै चर्चा कमाएका सुदूरपश्चिमेली गायक चक्र बमले आफ्नै गाउँकी बेलमतीलाई लिएर बम्बै गैजाने कुरा गरेपछि अहिले फेरी नेपाली साँगितिक बजारमा हल्लीखल्ली मच्चिएको छ ।

    यत्रो लाखौ लाख श्रोताहरुको मन जितिसकेका गायक बमले आफ्नै गाउँकी बेलमतीलाई नै किन रोजेर बम्बै गैजाने कुरा गरे होलान ? भन्ने बिषयमा यति बेला सबैलाई चासो हुने कुरा स्वाभाविक हुने नै भयो ।

    नझुक्कीनुहोस् पाठकहरु खासमा उनले गाउँकी बेलमतीलाई रेलगाडीमा बम्बै लैजाने कुरा गरेका हैनन् । पछिल्लोपटक उनले त नयाँ गीत ‘टाप बम्बै’ बोलको गीतमा बम्बै लैजाने र गैजाने कुरा गरेका हुन् ।

    उनले बुधबार सार्बजनिक गरेको उक्त गीतमा आफ्नो बालापनको साथीहरुसंग खेलेको, रमाइएको, र बेहुलाबेहुली खेल खेलेको सम्झाना आउने खालको सब्दहरु समेटिएका छन् । यि सब्दहरुले संगीतप्रेमी सम्पूर्ण लाखौलाख श्रोताहरुको मन छुने बमको भनाइ छ ।

    मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त डान्सिङ्ग गीतमा सब्द संगीत चक्र बमको रहेको छ, भने अमर खड्का र पुष्पा बोहोराले स्वर दिएका छन् । चक्र बम करिश्मा ढकाललगायतका कलाकारहरुले अभिनय गरेको उक्त गीतको क्यामरामा प्रकाश खड्का र सम्पादन मिलन बिकले गरेका छन्।

    बिक्रम चौहानले निर्देशन गरेको यो गीतको भिडियो हेर्दा सबैलाई नाचौ नाचौं लाग्ने खालको बनेको छ । गायक तथा संगीतकार चक्र बमले यो गीतले पनि बिगतका अरु गीतहरु जस्तै बजार पाउने आशा गरेका छन् ।

    हेरौ यो गीतको भिडियो 

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ