• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बलिउड- हलिउडल मनोरञ्जन

    अन्तिम पटक यस्ताे पोस्ट गर्दै आमिर खानद्वारा सामाजिक सञ्जाल चलाउन छोडेको घोषणा, कारणसहित

    4.3K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल चलाउन छाडेका छन्। यसबारे आमिर आफैले ट्विटरमार्फत जानकारी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

    आइतबारदेखि ५६ वर्ष लागेका आमिरले जन्मदिनमा शुभकामना दिने फिल्म क्षेत्रका अन्य कलाकार र शुभचिन्तकलाई धन्यवाद दिँदै सोमबारदेखि सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका हुन्। सोमबार आमिरले ट्विटर र इन्स्टाग्राममा अन्तिम पोस्ट गरेका थिए।

    ‘साथीहरू, मेरो जन्मदिनमा मलाई दिनुभएको प्रेम र न्यानो मायाका लागि धेरै-धेरै धन्यवाद। मेरो हृदय भरिएको छ,’ उनले लेखेका थिए ‘तर सामजिक सञ्जालमा यो मेरो अन्तिम पोस्ट हुनेछ। यद्यपि म सामाजिक सञ्जालमा निकै सक्रिय व्यक्ति हुँ। त्यसैले हामी पहिले झैं सम्पर्कमा भने रहिरहनेछौं।’

    आमिरको ट्विट अनुसार उनका फ्यानहरू आमिरको आधिकारिक प्रोडक्सन कम्पनी ‘आमिर खान प्रोडक्सन’ मार्फत आफ्नो र उनको फिल्महरूबारे जानकारी लिन सक्नेछन्।

    उनी प्रोडक्सन कम्पनीको सामाजिक सञ्जालमा सक्रिय रहने बताउँदै थप भनेका थिए, ‘एकेपीले आफ्नो आधिकारिक च्यानल सुरू गरेको छ। तपाईंहरूले नयाँ फिल्महरूबारे यसैबाट अपडेट लिन सक्नुहुन्छ। यसको आधिकरिक ह्यान्डल @akppl_official हो। धेरै माया।’

    पछिल्लो समय आमिर फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा देखिएका थिए। फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन्। यतिबेला भने उनी फिल्म ‘लाल सिंह भड्ढा’को प्रदर्शनको पर्खाइमा छन्। अद्वेत चन्दन निर्देशित फिल्ममा उनीसँगै अभिनेत्री करिना कपुरको मुख्य भूमिका छ।

    ‘इश्क’ फिल्मको बेला भएको झगडापछि आमिर खान मसँग ७ वर्ष बोलेनन्ः जुही चावला

    बलिउड फिल्म ‘कयामत से कयामत तक’बाट डेब्यू गरेका अभिनेता आमिर खान आइतबारदेखि ५६ वर्ष लागेका छन्। आमिरको जन्मदिनमा फिल्म क्षेत्रका अन्य कलाकार र शुभचिन्तकहरूले उनलाई शुभकामना दिइरहेका छन्।

    सन् १९८८ मा प्रदर्शनमा आएको ‘कयामत से कयामत तक’ बाट आमिरसँगै अभिनेत्री जुही चावलाले पनि डेब्यू गरेकी थिइन्। आमिर र जुहीले ‘इश्क’, ‘अन्दाज अप्ना अप्ना’, ‘तुम मेरे हो’, ‘लभ लभ लभ’ जस्ता फिल्ममा सँगै काम गरेका छन्। आफ्नो समयमा निकै चर्चित यो जोडीको मित्रता पनि रोचक छ।

    आमिरको जन्मदिन अवसरमा जुहीले उनलाई पहिलो पटक भेटेको सम्झना गरेकी छन्। एक अन्तर्वार्तामा जुहीले आमिरबारे बोल्दै भनिन्, ‘मैले सुरूमा आमिरलाई फिल्म सेटमा देखेकी होइन। मैले उनलाई संवादहरू कन्ठ गराउने सहयोगी ठानेकी थिएँ।’

    bidh lab box ad 5
    जुहीका अनुसार उनलाई आमिरले नै फिल्मको दृश्यमा कसरी प्रस्तुत हुने भन्ने सिकाएका थिए। फिल्म नासिर हुसेनले निर्माण गरेका हुन्।

    ‘फिल्म छायांकन सुरू भएपछि बल्ल आमिर फिल्मको मुख्य भूमिकामा छन् भन्ने थाहा पाएकी थिएँ,’ जुहीले टाइम्स अफ इन्डियालाई भनेकी छन्।

    जुहीले आइतबार भने आमिरलाई जन्मदिनको शुभकामनासँगै दिँदै उनको तारिफ गरेकी छन्। उनले भनेकी छन्, ‘म उनलाई कसैसँग तुलना गरिरहेकी छैन। तर उनमा साँच्चै विभिन्न विषयमा राम्रो ज्ञान छ। चाहे त्यो राजनितिक विषय होस् या खेलकुद अथवा इतिहास। आमिर हरेक कुरालाई गहन गर्छन् अनि मात्रै बोल्छन्।’

    हुन पनि आमिर अहिले अभिनेता मात्र रहेनन्। उनी फिल्म निर्देशक, निर्माता, कार्यक्रम होस्ट, लेखक समेत हुन्। जुहीले आमिरलाई हरेक पटक पर्दामा देख्दा हलिउड अभिनेता टम ह्यांक्सको याद दिलाउने समेत बताइन्।

    सन् १९९७ मा फिल्म ‘इश्क’मा काम गरिरहेको समय दुई जनाबीच मनमुटाव भएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार आमिरले वृत्तचित्र ‘रुबरु रोशनी’बारे बोल्दै एक कार्यक्रममा जुहीसँगको झगडाबारे खुलेका हुन्। ‘रुबरु रोशनी’को अतिव्यापी विषय क्षमा गर्नु थियो।

    ‘फिल्म इश्कको छायांकन भइरहेको समय हामीबीच सानो कुराले झगडा भएको थियो। त्योबेला मभित्रको अहंकारले गर्दा म जुहीसँग अब कहिल्यै बोल्दिनँ भन्ने भइसकेको थियो,’ आमिरले भनेका थिए, ‘सेटमा हुँदा पनि उनीबाट परै बस्थेँ। अहिले सोच्दा मैले किन त्यस्तो गरेँ भन्ने थाहा छैन।’

    आमिरको यस्तो व्यवहार भए पनि जुही उनको छेउमा आएर बस्थिन् रे। ‘तर म उठेर हिड्थेँ। उनीभन्दा ५० फिट टाढा गएर बस्थेँ। फिल्ममा बाहेक अरू बेला म उनीसँग बोल्दै बोलिनँ,’ कार्यक्रममा बोल्दै आमिरले भनेका थिए।

    आमिरका अनुसार त्यसपछि झन्डै ७ वर्ष उनी जुहीसँग राम्ररी बोलेनन्। सन् २००२ मा जब आमिरको रिना दत्तसँग सम्बन्ध- बिच्छेद भयो त्यसपछि जुही आफैले आमिरसँग सम्पर्क राखिन्।

    ‘रिना र मेरो सम्बन्ध-बिच्छेदबारे थाहा पाएपछि जुहीले आफूसँग भेट्न भन्दै सम्पर्क गरेकी थिइन्। जुहीले हामी दुवैसँग आत्मीय सम्बन्ध राखिसकेकी थिइन् र हामीबीचको कुरा मिलाउन खोजेकी थिइन्। मैले फोन उठाउदिनँ भन्ने थाहा हुँदाहुँदै जुहीले त्यसरी फोन गर्दा मैले हाम्रो मित्रताको अर्थ बुझेँ,’आमिरले भनेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ