• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    जेल र हिरासतमा रहेका नेता कार्यकर्ता भेट्दै विप्लव, पहिलो चरणमा नख्खु कारागार, त्यसपछि रणनैतिक मोर्चासँग छलफल

    10.7K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेल तथा हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताहरुसँग भेटघाट सुरु गरेका छन् । नेपाल सरकारसँग ३ बुंदे सहमतिपछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोह मार्फत् सार्वजनिक भएका महासचिव विप्लवले शनिबार बिहानैदेखि भेटघट सुरु गरेका हुन् ।

    शनिबार बिहानै गृहमन्त्री रामबहादुर थापासँग भेटघाट सकेर महासचिव विप्लव आफ्नो पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई भेट्न नख्खु कारागार पुगे । सुदर्शनलाई भेट्न महासचिव विप्लवसंगै पार्टी प्रवक्ता प्रकाण्ड, नेता उदय र अशल क्षेत्री समेत पुगेका थिए ।

    सुदर्शनसँग नख्खु कारागारमा करिब १ घण्टाजति छलफल भएको नेता अशलले संचारकेन्द्रलाई बताए । सुदर्शनको रिहाइका लागि प्रकृया समेत सुरु भइसकेको उनले बताए । त्यसक्रममा विप्लवले जेलमा रहेका अन्य नेता कार्यकर्ताहरुलाई पनि भेटेका छन् ।

    यसपछि महासचिवसहितको टोलीले पार्टी केन्द्रिय सदस्य रणबीरलाई भेट्ने कार्यक्रम छ । वार्ताका क्रममा सरकार र नेकपाबीच पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता बिना सर्त रिहा गर्ने र उनीहरुमाथि लगाइएक मुद्धाहरु खारेज गर्ने सहमति भएको थियो।

    सोहि सहमतिसंगै जेल तथा हिरासतमा रहेका नेकपा नेताहरु रिहा हुने क्रम सुरु भएको छ । पहिलो चरणमा शुक्रबार नै नेकपा सचिवालय सदस्य कञ्चन कार्भ्रे प्रहरीको हिरासतबाट मुक्त भएका छन् । शुक्रबार नै नेकपा केन्द्रिय सदस्य ओम प्रकाश पुन र अर्का नेता बिबेक कैलाली कारागारबाट रिहा भए। अरु नेता कार्यकर्ताहरुको रिहाइका लागि पनि प्रकृया सुरु भइसकेकाे छ ।

    सरकारले प्रतिबन्ध लगाएपछि नेकपाका २ हजार ९८ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । तीमध्ये, बिहिबारसम्म १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थिए ।  संखुवासभा जेलमा रहेका नेकपा केन्द्रिय सदस्य माइला लामाको रिहाइका लागि पनि आवश्यक प्रकृया सुरु भएको छ ।

    बाजुरा जेलमा रहेका अर्का पार्टी केन्द्रिय सदस्य चूँडामणि ओली र बिहिबार मात्रै बर्दिया जेलबाट सेन्ट्रल जेल काठमाडाैं ल्याइएका केन्द्रीय सदस्य भरत बम ‘रणबीर’ तथा बीरजंगलाई पनि छाड्ने तयारी सरकारको छ । नेकपा र सरकारबीचको ३ बुँदे सहमतिसँगै २८ फागुन ०७५ मा नेकपामाथि लगाइएको प्रतिबन्ध हटेकाे हाे।

    ०७५ फागुन २८ मा नेकपामाथि प्रतिबन्ध लागेपछि देश तथा बिदेसी कम्युनिष्ट पार्टीहरुले समेत बिरोध जनाउदै आएका थिए । पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएसंगै खुलारूपमा आफ्ना राजनीतिक कार्यक्रम गर्न पाउने भएपछि नेकपा नेता कार्यकर्ताहरुमा खुशियाली छाएकाे छ ।

    विप्लवकाे उपस्थितिमा रणनैतिक माेर्चाकाे बैठक जारी 

    शनिबार नै ४ कम्युनिष्ट पार्टीले निर्माण गरेको संयुक्त रणनैतिक मोर्चाको बैठक समेत बसिरहेकाे छ । बैठकमा नेकपा महासचिव विप्लवसंगै, क्रान्तिकारी माओवादीका महासचिव किरण र नेकपा अध्यक्ष ॠषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका संयाेजक आहुतिसहित मोर्चामा आवद्ध नेताहरु सहभागि छन् ।

    नेकपा क्रान्तिकारी माओवादीको पार्टी कार्यालय कुपन्डोलमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी योजनाबारे छलफल भइरहेकाे बैठकमा सहभागि मोर्चाका नेता जागृत राइमाझीले सञ्चारकेन्द्रलाई बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ