• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    सरकार र विप्लव नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर

    7.4K
    SHARES

    काठमाडौँ । केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव नेकपाका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरे ।

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो नेकपाबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव नेकपाका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

    सरकार र विप्लव नेकपाबीच लामो समय अनौपचारिक छलफल भएपछि फागुन १९ र २० गते औपचारिक वार्ता भएको थियो । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा संयोजक र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका थिए भने विप्लव नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्ड संयोजक र उदयबहादुर चलाउने सदस्य रहेका थिए ।

    सरकारले विध्वंसात्मक गतिविधि सञ्चालन गरेको भन्दै विप्लव नेकपालाई २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै यो अवधिमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्ने क्रम पनि सुरु भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ