• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत भिडियो मनोरञ्जन

    गायक सर्विन बोगटीको ‘तिम्रै पिरमा जान्छ दिनरात’ सार्वजिनक, भिडियोसहित

    26.3K
    SHARES

    काठमाडौं । युवा गायक सर्विन वोगटीले आधुनिक गीत बजारमा ल्याएका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गइरहेका युवा पिढीका गायक बोगटीले ‘तिम्रै पिरमा जान्छ दिनरात’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा गायक बोगटी र चर्चित गायीका अन्जु पन्तको स्वरमा रहेको छ ।

    गीतमा सँगै बाच्ने मर्ने कसम खाएर घर भित्रिएकी जिवान संगिनी र मुटुको टुक्रा छोरीलाई छोडेर आफ्नो मान्छे बिदेशिन पर्नुको कारण प्रस्तुत गरिएको छ । गीतमा हाम्रो समाजको जलन्त उदाहरण गरिवीका कारण परदेशीन बाध्य हुनु परेको पीडालाई समेटिएको छ । कालीकोटको नरहरीनाथ गाउँपालिका-५ मा वि.सं. २०४६ सालमा जन्मिएका गायक बोगटी जनयुद्धबाट स्थापित जनताका जनवादी कलाकार हुँदै पछिल्लो समय सबै प्रकारका गीत संगीतमा जम्दै गएका गायक हुन् ।

    अहिलेसम्म करिब ४ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका वोगटी पछिल्लो समय कर्णालीको लोक संस्कृति, भाषाको संरक्षणमा जुटेका छन् । बोगटीले स्वर दिएका लोकदोहोरी, लोकपप, आधुनिक, देउडा, ठाडी भाकालगायतका ४ दर्जनभन्दा बढी गीत बजारमा चलिरहेका छन् । भिडियो सार्बजनिक भएको केही दिनमै उनका थुप्रै गितहरु यूटुव टेन्डिङ्गमा पर्दै आएका छन् ।

    सांगीतिक यात्राको क्रममा काठमाडौंलाई कर्मथलो बनाएका गायक बोगटीले पछिल्लो समय बजारमा ल्याएको गीत पनि सबै दर्शक-श्रोताले सर्वाधिक रुचाउने आशा गरिएको छ । स्वर्णिम शाहीको शब्द रहेको यो गीतमा बिबि अनुरागीको संगीत, जि.वि आग्रीको निर्देशन, मिन रावल र दया चौधरीको छायांकन रहेको छ । यस्तै ड्रोनमा पाईलट सतिस सिन्हा र नरेन्द्र एस.केको श्रङ्गार रहेको छ । यस्तै यो गीतलाई मिन रावलले सम्पादन गरेका छन् ।

    भिडियोमा बाल कलाकार प्रान्सु कडायतका साथै भिम खड्का र लक्ष्मी सुनारले अभिनयमा गरेका छन् । यो गीतलाई गायकले आफ्नै अफिसिएल्ल यूट्युव च्यानल सर्विन वोगटीमार्फत सार्वजनिक गरेका छन् । बाल्यकालदेखि नै जनताको निम्ति आफ्नो जीवनको उर्जावानसमयखर्च गरेका गायक बोगटीले यो गीतलाई आफुले प्रदेशी दाजुभाइहरुप्रति समर्पित गरेको बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया