• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘प्रहरी चौकीमाथि आक्रमण’ भएको हल्लाबारे नेकपाले मुख खोल्यो, प्रकाण्डले निकाले यस्तो विज्ञप्ति

    27.1K
    SHARES



    काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रष्ट पारेको छ । सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भ्रामक समाचार बाहिरिएपछि नेकपाले यस्तो बताएको हो ।

    पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचारको खण्डन गरेका हुन् । सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उनले बताएका छन् ।

    ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने हाम्रो पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको त्यो समाचार (फेक न्युज) प्रचारमा ल्याइएको स्पष्ट पार्न चाहान्छौ ।’ प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    प्रवक्ता प्रकाण्डले सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको भन्दै उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।

    एकाएक सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा सोलुखुम्बुमा विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी आक्रमण गर्ने हल्ला चलेपछि नेकपाले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्न विज्ञप्ति जारी गरेको हो ।

    ‘ओली-प्रचण्ड सामाजिक दलाल सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि दमनको अनेक षड्यन्त्र र हत्या गरिरहेको छ । यसै क्रममा हिजो आइतबार सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रम प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारवाजीप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।’ विज्ञप्ति भनिएको छ ।

    उता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले पनि प्रहरी चौकी आक्रमणको कुनै सूचना र हल्ला नभएको र त्यहाँ प्रहरी पनि परिचालित नभएको सञ्चार माध्यमलाई बताएका छन् । नेकपा सोलुखुम्बुका स्थानीय नेताहरूले पनि अनावश्यक रूपमा वातावरण उत्तेजित बनाउनकालागि चौकी आक्रमणको हल्ला फैलाइएको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीले पहिलेदेखि नै आफ्नो पार्टीको सङ्घर्ष दलालर भ्रष्टाचारीहरूसँग भएको तर सुरक्षा निकायमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । यस्ता समाचारलाई आफ्नो पार्टी र सुरक्षा निकायबीचको दूरी बढाउने बनावटी प्रचारबाजी मात्र भएको पनि नेकपाले बताउँदै आएको छ ।

    यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको भ्रामक समाचार सार्वजनिक भएको थियो । कतिपयले आक्रमण नै भएको दाबी गरेपनि चौकी नजिकै रहेका स्थानीयले भने कुनै आक्रमण नभएको बताएका छन् ।

    असईको कमाण्डमा रहेको चौकीमा सातजनाको दरबन्दी भएपनि आईतबार चारजना मात्र रहेको जनाइएको छ । प्रहरी र प्रशासनले आक्रमण नभएको स्वीकारेका छन् ।

    ‘आक्रमण भएको हुँदै होइन । उनीहरुको गतिविधि भने बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको मात्र हो,’ प्रमूख जिल्ला अधिकारी नरेन्द्र मगरले भने, ‘नितान्त निगरानीका लागि सुरक्षा पठाइएको हो । विराटनगरतिरबाट सुरक्षा थप गरिएको भन्ने यतिखेरसम्म हैन ।’

    यसैबीच छेस्काममा आईतबार नेकपा कार्यकर्ताको गतिविधि बढेको हल्लालगत्तै सोमबार बिहानबाटै सुरक्षा सतर्कता बढाइएको छ । चौकी छाडेर प्रहरी भागेको सूचनापछि सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ ।

    काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।  यस्तै सोलुखुम्बुका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको नेतृत्वको टोली छेस्का पुगिसकेको छ।

    चार दिनअघि पनि शर्मासहित २१ जनाको टोली सदरमुकामबाट छेस्का गएको थियो। प्रहरी चौकी भएको स्थानमा विद्युत र दूरसञ्चार सेवा अवरुद्ध छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ