• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    देशभक्त विप्लवलाई प्रतिबन्ध किन लगाएको भन्दै ओली-प्रचण्डमाथि खनिइन नायिका रेखा थापा

    11K
    SHARES



    काठमाडौं । नेत्रविक्रम चन्द विप्लवकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे अभिनेत्री रेखा थापाले विराेध गरेकी छन् । अभिनेत्री थापाले याे निर्णयबाट देशमा द्वन्द्व निम्तिने बताएकी छन । सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै उनले त्यसप्रति आर्कोश समेत पाेखेकी छन्।

    सामाजिक संजाल फेसबुक फ्यान पेज र एकाउन्टमा स्टाटस लेख्दै नायिका थापाले यसप्रति आक्रोश पाेखेकी छन् । ‘यो सरकार कसले चलाएको छ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ! देशभक्त ‘बिप्लब’ माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? ‘ भन्दै प्रशन समेत गरेकी छिन ।

    सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध र सीके राउतसँग गरेको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै नायिका थापाले यस्तो आरोप लगाएकी छन्। सरकारले यी दुई काम गरेर मुलुकमा जबर्जस्ती युद्ध थोपर्न खोजेको अभिनेत्री थापाको आरोप छ।

    फेसबुकमा स्टाटस लेख्दै थापाले भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ? जबर्जस्ती युद्ध थोपर्न पो थाल्यो। देशभक्त विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हुने निश्चित छ।’

    यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्धको विरोध गरेको छ । सरकारले मंगलबार बेलुकीबाट विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विरोध गरेका हुन् ।

    उनले सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई कांग्रेसले विश्वासमा लिएर शान्ति प्रक्रियाको बाटोमा डोराएको स्मरण गर्दै विप्लवलाई विश्वासमा ल्याउनका लागि सरकारसँग क्षमता नभएको टिप्पणी गरेका छन् ।

    ‘‘पहाड जत्रै उचाइ बनाइसकेको ‘त्यो माओवादी’ लाई विश्वासमा लिन सक्ने ‘त्यो नेतृत्व क्षमता’ कांग्रेस नेतृत्वले हिजो प्रस्तुत गरेको थियोे,’’ प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन्, ‘‘आज सानो आकार र आयतनको तर आफ्नै गोत्र बन्धुलाई विश्वासमा गाँसेर मूल बाटोमा ल्याउन सक्ने क्षमताको दुःखी अभाव देखियो ।’’

    विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि प्रतिपक्षी दलसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तास्तरबाट पनि चर्को आलोचना भइरहेको छ ।

    सरकारले लगाएको प्रतिबन्धको सामाजिक संजालामा विरोध भइरहेको छ । प्रतिबन्दको समाचार संचारमाध्यमहरुमा आएसँगै टिकाटिप्पणी हुन थालेको छ । पूर्वमन्त्रीदेखि कलाकार, पत्रकार समेतले प्रतिबन्धले समस्या समाधान नहुने बताएका छन. ।

    माओवादी नेता तथा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले सामाजिक संजाल फेसबुकमा नेकपा राजनीतिक मुद्दाको रुपमा स्वीकारिसकेको अवस्थामा प्रतिबन्ध लगाएकोप्रति आश्चर्य व्यक्त गरेका छन् । विष्टले प्रतिबन्ध लगाएकै हो त ? प्रश्न गर्दैै भने, –नेकपा (विप्लव) माथि प्रतिबन्ध लागेकै हो त ? कारण के कति रहेछ ? हिजोसम्म त राजनीतिक मुद्दा भन्दै थे त ? शुभयात्रा सरकार ।

    सत्तारुढ (नेकपा)का युवा नेता रमेश मल्ले पनि प्रतिबन्धको विरोध गरेका छन् । उनले विगतबाट पाठ सिक्न समेत भनेका छन् । मल्लले फेसबुकमा लेखेका छन् –देशले अर्को द्वन्द्व खेप्न सक्दैन । हामीले धेरै ठूलो मूल्य चुकाएर आएका छौं । त्यसलाई संस्थागत गर्नु आजको दायित्व हो । दुःखद कुरा हामी भड्कियौं, भड्काइयौं । समय छ । आत्मसमिक्षा गरौं । राज्य बढी जिम्मेवार र विवेकी बनौस्, राजनीतिक समाधानका सबै उपायहरु अवलम्वन गरोस् ।

    राप्रपा नेता सुरेशप्रसाद आचार्यले नेकपामाथिको प्रतिबन्ध संविधान विपरित भएको भन्दै एउटा कम्युनिस्टले अर्को कम्युनिस्टमाथि प्रतिबन्ध लगाएमा आश्चार्य व्यक्त गरे । आचार्यले लेखेका छन्–ओली सरकारले सिके राउतको पृथकतावादी ‘स्वतन्त्र मधेस गठवन्धन’ लाई राजनीतिक मूलप्रवाहमा ल्याएँ भनी दावी गरेको ९६ घण्टाभित्र विप्लव नेतृत्वको नेकपा पार्टीलाई संविधान विपरित प्रतिवन्ध (दबल) गर्ने निर्णय गरेको छ । अजव नेपाल, कम्युनिष्ट सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध !

    त्यसैगरी युवा नेता जागृत रायमाभफीले निरंकुश र क्रुर शासकमा पतन प्रतिबन्धबाटै हुने बताएका छन् । उनी अगाडि लेख्छन्–प्रतिबन्धबाटै सुरु हुन्छ निरंकुश र क्रुर शाषकहरुको पतन यात्रा !

    त्यसैगरी पत्रकार देविराम देवकोटाले प्रतिबन्ध लगाएर सरकारले आफ्नै खुट्टामा बन्चरो हानेको बताएका छन् । उनले हिजो टाउकाको मूल्य तोकिएकै हो, प्रतिबन्ध लगाएकै हो, त्यसको परिणाम राजतन्त्र अन्त्य भएको बताए । देवकोटा अगाडि लेख्छन् –हिजो टाउकाको मुल्य ताोकिएकै हो,प्रतिबन्ध लगाएकै हो । त्यसको परिणाम राजतन्त्र अन्त्य भयो । अहिले फेरि प्रतिबन्ध लगाएर आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने सरकार ?

    त्यसैगरी नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहिले विप्लवको पार्टिमाथी प्रतिबन्ध लगाउने सरकारी निर्णयको बिरोध गरेका छन । नेपाली कांग्रेसको युवा संगठनका महासचिव शाहिले सरकारको उक्त कदमलाई मुर्खताको संज्ञा दिएका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकार द्धन्द निम्त्याउन लागिपरेको आरोप लगाएका छन ।

    विप्लवलाई शान्तिपुर्ण राजनितिमा लाग्न आग्रह गर्दै शाहिले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन, “सिके रावतलाइ खुल्ला गरेर बिप्लब माथी प्रतिबन्ध लगाउनु सरकारको मुर्खता। यो राजनीतिक शक्ति हो। राजनितीक रुपमै हल गर्न पर्छ। सरकारले द्वन्द्व निम्त्याउन खोजेको देखिन्छ। अनि बिप्लब समुहलाई पनि हिन्साको बाटो बाट भन्दा पनि शान्तिपुर्ण बाटो बाट खुल्ला राजनीतिक गतिविधिमा आउन आग्रह गर्दछु।”

    प्रतिक्रिया