• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कला साहित्य

    कविता: कमरेड घाटी

    11K
    SHARES



    साहुजी! मलाइ एक प्लेट गणतन्त्र
    अनि दुइ ओटा समाजबाद दिनुस त
    कमरेड घाटी,थ्याच्च बस्नुभयो
    सर्बहारा खाजाघरको दस नम्बर टेबुलमा

    साहुजिले अर्डरबमोजिमको खाना
    अनि नसोधिकनै साथै लिएर आए
    एक बोट्ल लोकतन्त्र पनि !
    अनि घपाघप ढाडमा टेकेर टाउकोमा
    बजाउन थाल्नुभो कमरेड घाटी।

    नभिजेपछी कमरेड घाटिको घाटी
    फेरी मगाइयो एक प्लेट बहुलबाद
    अनि एक बोतल जबज
    मातिसके पछि घाटि फुटने गरि बोलाउन थाले
    कमरेड घाटी- साहुजी, ए! साहुजी
    मेरो हिसाब कति भयो ?
    करिब बोलाएपछी उन्नाइस पटक
    फुत्त बाहिर निस्किए साहुजि खाता लिएर।
    पुरानो सत्र हजार छ !
    अहिलेको करिब पचास
    कहिले तिर्छौ कमरेड घाटी मेरो हिसाब ?

    साहुजिको हिसाब त्यतिकै छ
    अस्वच्छ खानकी र आहारबिहारले
    अहिले कमरेड घाटी सुत्नुभएको छ
    महामरिले थलिएर बिआइसिसिको
    बेड न छ सय एकमा।

    बि पि बिद्रोही २०७५/७/३०

    प्रतिक्रिया