• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सडक बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

    232
    SHARES



    काठमाडौँ । सडक बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ ।

    सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको हो ।

    दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोपछि लगत्तै कार्यालय खुलेको दिन फारम पेश गर्न सकिने बोर्डले जनाएको छ । यो पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ ।

    दरखास्तका साथ वैयक्तिक विवरण, शैक्षिक योग्यता, नागरिकता, कार्य अनुभवका प्रमाणित प्रतिलिपिहरू संलग्न गर्नुपर्नेछ । यसका साथै सडक बोर्डको उद्देश्य बमोजिम कार्यकारी निर्देशकका रूपमा पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन रणनीति र कार्य योजनासहितको कार्यपत्र छुट्टै सिलबन्दी खाममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    सरकारी निकायमा कार्यरत कर्मचारीको हकमा सम्बन्धित अख्तियारवालाको पूर्व स्वीकृति र इन्जिनियरको हकमा नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र आवश्यक पर्नेछ । गैरनेपाली नागरिक, ३५ वर्ष पूरा नभएका वा ६० वर्ष उमेर नाघेका, प्रचलित कानून बमोजिम कालो सूचीमा परेका व्यक्तिहरू यस पदका लागि अयोग्य मानिनेछन् ।

    भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागू औषध बिक्री वितरण, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएका वा तीन वर्ष वा सोभन्दा बढी कैद सजाय पाएका व्यक्तिले पनि आवेदन दिन पाउने छैनन् । कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेका र मानसिक सन्तुलन ठीक नभएका व्यक्तिहरू पनि आवेदनका लागि अयोग्य हुनेछन् ।

    छनोट हुने कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ । सेवा सुविधा तथा नियुक्ति सम्बन्धी अन्य प्रक्रिया सडक बोर्ड ऐन, २०५८ र सम्बन्धित नियमावली, २०५९ अनुसार हुनेछ । दरखास्त फारम सडक बोर्ड नेपालको मीनभवनस्थित कार्यालयमा बुझाउनुपर्नेछ । विस्तृत जानकारीका लागि बोर्डको आधिकारिक वेबसाइट वा टेलिफोन नम्बरमार्फत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ