• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कर्पोरेट विजनेश

    सुनको मूल्य ३ हजारले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    221
    SHARES



    काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

    महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५९ हजार ६०० रुपैयाँ थियो।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३९८ रुपैयाँ निर्धारण गरिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ