• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    भिडियो

    भो यो माया’ : समिप आचार्यको शब्द–सङ्गीतमा नयाँ प्रेमगीत

    0.9K
    SHARES



    काठमाडौं। समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार भएको नयाँ गीत ‘भो यो माया’ सार्वजनिक भएको छ। गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वरमा रेकर्ड गरिएको यस गीतले आधुनिकता र परम्पराको स्वाद मिश्रणमार्फत नेपाली प्रेमगीतमा नयाँपन ल्याउने प्रयास गरेको छ।

    गीतको एरेञ्ज उदय राज पौडेलले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले सम्भालेका छन्। म-बीट स्टुडियोमा मोनीश चाम्लिङले रेकर्ड गरेका यस गीतमा सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको वादनले मौलिकता थपिएको छ।

    गीतसँगै सार्वजनिक म्युजिक भिडियोमा किरण तामाङ र ललिता थापाले अभिनय गरेका छन्। कर्णबहादुर खड्काको छायांकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनमा तयार भिडियोले प्रेम र पीडाको कथा मार्मिक ढंगले प्रस्तुत गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ