• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पार्टी निर्णयको विरोध गरेको भनेर जनमतले सोध्यो दुई नेतालाई स्पष्टीकरण

    1.6K
    SHARES



    काठमाडौँ । जनमत पार्टीले दुई जना नेतालाई स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र वीरेन्द्र सोनार (रौतहट)लाई स्पष्टीकरण सोधेको हो।

    उनीहरूले पार्टी निर्णयको विरोध गरेको विधान विपरीत ढंगले अनुशासनहिनता प्रदर्शन गरेको अनुशासन समितिको ठहर छ।

    ‘तपाईं विगत केही दिन देखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नुभएको र जनमत पार्टीको विधान विपरीत ढंगले अनुशासनहिनता प्रदर्शन गरीराख्न भएको पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्नता भएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क) को उपधारा २,३,४,५, १० र १५ आकर्षित हुने हुँदा तपाईंलाई किन कारबाही नहुन पर्ने हो भनी ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुरोध छ,’ पार्टी उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्रप्रसाद चौधरीले स्पष्टीकरण सोधेको पत्रमा भनिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ