• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

    1.3K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

    अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग सहित तरुण दलका नेता-कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् । मोटरसाइकल र्‍यालीसहित सानेपा पुगेर वर्तमान समितिलाई भंग गरेर नयाँ ल्याउनुपर्ने उनीहरूको माग छ ।

    नयाँ कार्य समितिको माग सहित विरोधको नाराबाजीको नेतृत्व गर्नेमा सभापति शेरबहादुर देउवा पक्षका छन् । विरोध र्‍यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन् ।

    तरुण दल अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेकोले उनलाई निरन्तरता दिन नहुने उनीहरूको भनाइ छ । फेरि अवधि थपिए पनि गुरुङले महाधिवेशन गराउन नसक्ने असन्तुष्ट तरुण दलका नेताहरूको दाबी छ ।

    तरुण दलका अध्यक्ष गुरुङविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शन गर्नेहरूलाई केन्द्रीय कार्यालयमा प्रवेश नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । केन्द्रीय कार्यालय प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोकेको छ ।

    ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार भ्रातृसंस्था विवादलाई लिएर भएको प्रदर्शनबाट हुने सक्ने सम्भावित घटनालाई लिएर सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    सभापति देउवा तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरूलाई अन्तिम एकपटक समय थप्ने पक्षमा छन् । केही दिन अघि भएको पदाधिकारी बैठकमा सभापति देउवाले भ्रातृ संस्थाको अवधि थप्नुपर्ने विचार राखेका थिए ।

    तदर्थ समितिमा रहेको तरुण दलको केन्द्रीय समिति ४०१ जना छन् । ९ चैत २०७८ सालमा सभापति देउवाले तरुण दलको अध्यक्षमा गुरुङलाई मनोनित गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ