• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सदनको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्ने

    336
    SHARES



    काठमाडौँ । भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

    प्रतिनिधि सभाको ११ बजे बस्ने बैठकअघि सभामुखले सचेतकहरूलाई छलफलका लागि संसद् भवन बानेश्वरमा बोलाएका हुन् । ‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ’, सभामुखको सचिवालयले जनाएको छ ।

    मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए ।

    त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ