• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा, अरू के-के भए निर्णय ?

    3K
    SHARES



    काठमाडौँ । सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्‍याललाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा प्रदेशका सचिव महादेव पन्थलाई ल्याएको छ । त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ