• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन, जनमतका कुशवाहा र यादवले लिए शपथ

    1K
    SHARES



    काठमाडौँ । मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ।

    पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएकी हुन्। कुशवाहा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र यादव वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।

    मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित यो नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्रीहरू रहेका छन्।

    पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव छन्।

    कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्री थिए। यादव राज्यमन्त्रीको भूमिकामा थिए। जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणाली अन्तर्गत भएको हो ।

    ‘उहाँहरूको कामको समीक्षा भयो, एक वर्ष मन्त्रालयमा रहनुभयो,’ उनले भने, ‘मधेस संसदीय दलको सहमतिमै केन्द्रले मन्त्री हेरफेर गर्न सहमति दिएको हो।’ मधेस प्रदेशमा जनमतका १३ जना सांसद छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ