• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए यस्तो जवाफ

    1.7K
    SHARES



    काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ फर्काएका छन् ।

    उनले फेसबुकबाट ‘सरी केपी ओली’ भन्दै आफू्ले भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’, उनले सोमबार साँझ फेसबुकमा भनेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।

    बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए । ओली र शाहबीच लामो समयदेखि आरोप प्रत्यारोप हुँदै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ