• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    तरुण दलको लमजुङ अधिवेशनमा झडप : खुकुरी प्रहारबाट चारजना घाइते

    0.9K
    SHARES



    लमजुङ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको लमजुङ जिल्ला अधिवेशनमा शनिबार खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन्। प्रतिनिधि छनोटको विवादले चर्किएको झडप हिंसात्मक बनेपछि खुकुरीसमेत प्रहार भएको हो।

    लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

    घाइते हुनेहरूमा खुसीजङ्ग गुरुङ – बेँसीसहर–९ का वडाध्यक्ष तथा तरुण दल क्षेत्रीय सभापति, किशोरजङ्ग बस्नेत – नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमिति सदस्य, सुदीप अधिकारी – नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य, धन घले – नेपाल तरुण दलका सदस्य रहेका छन्।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहोराका अनुसार, घाइतेमध्ये खुसीजङ्ग गुरुङ र सुदीप अधिकारीलाई थप उपचारका लागि चितवनको सियमी मेडिकल कलेज, भरतपुर लगिएको छ। विवादको मूल विषय पूर्णकालीन सदस्यता र प्रतिनिधि छनोट प्रक्रिया रहेको बताइएको छ।

    यही विषयमा दुई समूहबीच वादविवाद हुँदै हातहालाहाल र अन्ततः खुकुरी प्रहारमा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलमा उपस्थित भई आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ