• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि…

    606
    SHARES



    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजा निकटस्थहरुले खण्डन गरेका छन् ।

    पूर्वराजाकै योजनामा राजावादीहरुले जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेकै बीच पूर्वराजालाई सरकारले नजरबन्द गरेको हल्ला फैलिएको हो ।

    पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजालाई निर्मल निवासमै नगरबन्द गरिएको भन्ने खबरको कुनै सत्यता नरहेको बताए ।

    ‘….ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहान्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति भने ।

    यस्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि यस्तो खबरको कुनै सत्यता नरहेको र यसबारे सरकारले नै खण्डन गर्नुपर्ने बताए । उनले फेसबुकमै भनेका छन्, ‘..ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको भन्ने केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा कुनै सत्यता छैन । आन्दोलन विरोधीहरुले फैलाएको सुनियोजित भ्रममा कोही नपरौं।सरकारका जिम्मेवार निकायले तुरुन्त खण्डन गरोस् ।’

    सरकारी स्रोतले पनि पूर्वराजालाई नजरबन्द गरिएको विषयमा अहिलेसम्म कुनै पुष्टि गरेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ