• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पार्टी एकताको पूर्वसन्ध्यामा जनमतले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    443
    SHARES



    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकताको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार साँझ ६ बजे बोलाइएको हो ।

    जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार १७ गते बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।

    केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् । घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य, भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।

    घोषणाको अघिल्लो दिन बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पनि जनमतले समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ