• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सरकार प्रवक्ता भन्छन् – प्रधानमन्त्री ओली र देउवाबीच गभर्नर नियुक्तिबारे सहमति भइसकेको छ

    1.6K
    SHARES



    काठमाडौँ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन्। साथै प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको उनले बताए ।

    मन्त्रिपरिषदका निर्णय सुनाउन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा जबाफ दिँदै मन्त्री गुरूङले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएकोले केही ढिलाइ भएको बताए। साथै गभर्नरजस्तो महत्त्वपूर्ण पदमा सबै दलको चासो हुनु स्वभाविक भएको पनि उनले बताए ।

    ‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषय सबै दलहरूको आ–आफ्नो चासो हुनु अस्वाभाविक हैन। हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ, अब संयन्त्रको बैठक बस्दैछ। उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ। गभर्नरको समस्या चाँडै समाधान हुन्छ। अहिले पनि निमित्तको भरमा त हैन नि चलिरहेको, कार्यवाहक नै दिएर सञ्चालन भइरहेको छ।’

    उनले शिक्षकका मागहरूप्रति समेत सरकार संवेदनशील रहेको बताए। शिक्षकका जायज मागहरू पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको उनले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ