• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    दुई दलीय संयन्त्रको बैठक बस्दै

    1.1K
    SHARES



    काठमाडौँ । बुधबार दुई दलीय संयन्त्रको बैठक बस्दैछ। साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए।

    बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।

    भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो ।

    संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ। शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संयन्त्रकै सदस्यहरूले आलोचना गर्दै आएका छन्।

    सरकारले वैशाख १२ गते सुरू हुनेगरी संघीय संसदको बर्खे अधिवेशन बोलाएको छ। सोही अधिवेशनमा विद्यालय शिक्षा विधेयक टुंगो लगाइने भएकाले शिक्षकहरुलाई आन्दोलन फिर्ता गरी कक्षाकोठामा फर्कन सरकारले आह्वान गरेको थियो।

    यद्यपि शिक्षकहरुले आन्दोलन स्थगित नगर्ने बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ