• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

    27
    SHARES



    चितवन । चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी गौतम मिश्रले युवकलाई सडकमै लात्ती बर्साउने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको हो ।

    युवकलाई भुजेलले लात्ती बर्साएको भिडियो एक प्रयोगकर्ताले फेसबुकमा हालिदिएपछि भाइरल भएको थियो । त्यसपछि प्रहरीको देशब्यापी विरोध भएको थियो।

    प्रहरीले अनुसन्धानका क्रममा अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत भुजेलले गत पुस १५ गते राति भरतपुरस्थित बाइपास रोडमा ती युवकलाई निर्घात कुटपिटसहित लात्ती बर्साएका थिए ।

    उक्त भिडियो गएरातिदेखि भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

    छानबिनका क्रममा पुस १५ गते राति चेकिङमा खटिएका असई भुजेलले ‘माथिको पावर देखाएको’ र ‘फोन गरेको’ भन्दै लात्तीले हानेर ती युवकलाई सडकमा लडाएका थिए । सडकमा लडेका ती युवकमाथि उनले निरन्तर लात्ती बर्साएका भिडियोमा देखिएको छ ।

    प्रहरीले बाइपास सडकखण्डमा राति मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा घटना भएको हो । मोटरसाइकल रोकेको अवस्थामा असई भुजेलले ‘फोन गर्ने ?’, ‘माथिको पावर लगाउने ?’ भन्दै ती युवकलाई लात्ती बर्साएका थिए ।

    प्रहरीले कुट्न थालेपछि चेकजाँच हुने स्थानबाट केही पर पुगेका ती युवकलाई दौडिँदै गएर भुजेलले लात्ती हानेर ढालेका थिए । लात्तीले हानेर बिजुलीको पोल छेउमा ती युवकलाई ढालेपछि असई भुजेलले लात्ती बर्साएका थिए ।

    एसपी गौतम मिश्रले घटनाबारे छानबिन अघि बढिसकेकाले गल्ती गर्नेलाई नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया