• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुदूरपश्चिममा मनाइँदैछ माघे संक्रान्ति र माघी पर्व

    470
    SHARES



    काठमाडौँ । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरका थारु समुदायले मंगलबार नयाँ वर्षका रूपमा मनाइने माघी पर्व मनाइरहेका छन्। त्यस्तै पहाडी समुदायले माघेसंक्रान्ति पर्व उल्लासका साथ मनाइरहेका छन्।

    माघेसंक्रान्ती पर्वको अवसरमा प्रदेशका विभिन्न धार्मिक स्थलमा मेलाको आयोजना भएको छ। कैलालीको गोदावरी धाममा विशेष रूपमा मकर मेला लागेको छ। हरेक वर्षजस्तै यस वर्ष पनि मकर मेलामा स्थानीय भक्तजनसहित प्रदेशका विभिन्न ठाउँबाट श्रद्धालुहरूको भीड लागेको छ।

    मनोकामना पूरा हुने विश्वासमा रातभरि जाग्राम बसेर बिहानै गोदावरीमा नदीमा स्नान गरेका छन्। धाममा मकर मेलामा स्नान, पूजा, तथा यज्ञप्रवचन हुने छ। हिजो नै औपचारिक कार्यक्रमबाट मेलाको सुरूवात भइसकेको छ। उक्त मेला एक महिनासम्म लाग्नेछ।

    गोदावरी धामले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको हुँदा माघेसंक्रान्तिका दिन यहाँ मेला भर्नेको उत्साह छुट्टै हुने आयोजक पदमराज जोशीले बताए।

    यस्तै डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर पाँचमा रहेको धार्मिकस्थल परशुरामधाममा पनि मेला लागेको छ। सोमबार रातिदेखि त्यहाँ श्रद्धालुहरूको भीड छ। यहाँ विभिन्न स्थानबाट तीर्थालुहरू महाकालीमा स्नान र पूजाका लागि आउँछन्।

    सुदूरपश्चिममा थारू समुदायको बस्तीमा पनि माघी पर्वको रौनक छाएको छ। माघीलाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने परम्परा छ। पर्वमा घरपरिवारका सदस्यहरू भेला भई विभिन्न परिकार बनाएर भोज गर्ने, बंगुर काट्ने, आपसमा आशीर्वाद साटाफेर गर्ने, र नयाँ जिम्मेवारी बाँड्ने परिपाटी रहेको उक्त समुदायका अगुवा रामदहित थारूले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ