• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    गायक संजय चौधरीको ‘माया’ सार्वजनिक(भिडियाे सहित)

    617
    SHARES



    काठमाडौँ । गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नँया गीत ल्याएका छन् । ‘माया’ बोलको गीत २०८१ असाेज १८ गते शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

    किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ ।

    अभिनय गर्ने तीनैजना कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् । रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । संगीत संयोजन कृष्णले लिम्बुले गरेका छन् ।

    राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन गरिएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ ।

    हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारी रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु ।

    उनीहरुको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले दावि गरेका छन् ।

    यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएकाे बताइन्छ । उनको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ