• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    यस्ताे छ ‘किक २’ मा सलमान खानको फर्स्ट लुक

    658
    SHARES



    काठमाडाैं । सलमान खानकाे बहुप्रतिक्षित फिल्म ‘किक–२’ को फर्स्ट लुक पनि सार्वजनिक भएकाे छ । यस वर्षको इदको अवसरमा आफ्नो फिल्म ‘सिकन्दर’ पनि घोषणा गरेका छन् ।

    निर्माता साजिद नाडियाडवालाले शुक्रबार आफ्नो आधिकारिक इन्स्टाग्राममा ‘किक २’ बाट सलमान खानको तस्बिर सेयर गरेका छन् । फोटो पोस्ट गर्दै उनले क्याप्शनमा लेखेका छन्, ‘सिकन्दरको ‘किक २’ फोटोसुट एकदमै राम्रो थियो । साजिद नाडियाडवाला’।

    किक–२ बाट सलमान खानको फर्स्ट लुक सार्वजनिक हुनेबित्तिकै फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् । एकजनाले लेखेका छन्, ‘अलेक्जेन्डर पछि डेभिल’। अर्कोले लेखेका छन् – ‘किक २ को लागि धेरै उत्साहित।’

    साजिद नाडियाडवाला र सलमान खानले सन् २०१४ मा ‘किक’ मार्फत ठूलो हलचल मच्चाएका थिए । यो साजिदको निर्देशकको रूपमा पहिलो फिल्म थियो। यस फिल्ममा सलमानका अलावा ज्याकलिन फर्नान्डिस र नवाजुद्दीन सिद्दीकी पनि देखिएका थिए ।

    सलमान खान यतिबेला अभिनेता एआर मुरुगादासको फिल्म ‘सिकन्दर’ को सुटिङमा व्यस्त छन् । यस फिल्ममा उनीसँगै रश्मिका मन्दाना र काजल अग्रवाल पनि देखिनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ